आप्रावासीहरुको जीवन र आवाज रहेको
आप्रावासीहरुको मिडिया सेन्टर, आप्रावासी वोर्डकास्टिङ

आप्रावासी वोर्डकास्टिङ MWTV(Migrant World TV) मा आप्रावासीहरु स्वंम आफनै हातले आप्रावासीहरुको जीवन र आवाजलाई समेटौ भन्ने उद्देश्यका साथ २००४ सालमा स्थापना गरिएको कोरियामा पहिलो आप्रावासी मिडिया हो ।

आप्रावासी वोर्डकास्टिङमा आप्रावासीहरुको जीवन र आवाज रहेको छ । आप्रावासी वोर्डकास्टिङमा आप्रावासीहरुको जीवनी र वास्ताविकतालाई सुनेर समेटिएको छ । आप्रावासी सम्बन्धी सत्यता र मुद्दाहरुलाई प्रसारण गरिने व्यवसायिक मिडिया तथा आप्रावासीहरुले आफनो जीवनी आफै भन्न खोज्ने मिडियाकर्मीहरुलाई सहयोग गर्ने संस्था हो ।


आप्रावासी वोर्डकास्टिङको MWTV को कार्यक्षेत्र

  • आप्रावासी न्युज VOM

    आप्रावासी न्युज VOM: आप्रावासीहरुको वास्ताविक मुद्दाहरुलाई समेटिएको छ ।

    आप्रावासी सम्बन्धी वास्ताविकता र मुद्दाहरुलाई विस्तृत रुपमा प्रसारण गरिने कोरियाको पहिलो व्यवसायिक मिडिया हो । आप्रावासीहरुको जीवंत आवाजहरु समेटिएको भिडियो र समाचारहरु मार्फत आप्रावासीहरुको दैनिकी जीवन, आप्रावासीहरुको वास्ताविक समस्या, आप्रावासीहरुसंगै बसेर सहयोग गर्ने संस्था,व्यक्तिहरुको अवस्था र गतिविधीहरुलाई प्रसारण गरिन्छ ।

    आप्रावासी न्युज VOM क्लिक गर्नुहोस – लिङक गर्न _

  • आप्रावासी रेडियो MWFM

    आप्रावासी रेडियो प्रसारण MWFM: आप्रावासीहरु स्वयंमले निर्माण गर्दछ

    आप्रावासीहरुले स्वयंम आफनो जीवनी आफै भनेर प्रसारण गरिने रेडियो संचालन गरिएको छ । आप्रावासी स्वंयमले रेडियो प्रसारणका योजना, स्क्रिीप्ट लेख्ने, प्रस्तोता, प्राविधिक तथा कार्यक्रम निर्माण गरि रहेका छन । कोरियामा बसोबास गर्ने आप्रावासीहरुको जिवन र सपनाहरुलाई प्रसारणमा समेटिएको छ । विभिन्न राष्ट्रको सांस्कृतीक विभेदलाई एकआपसको कुराकानी मार्फत जान्ने,बुझने गरिने छ । हाल सम्म २० जना आप्रावासीहरुको सहभागिता, ८ राष्ट्रका भाषामा, १७ वटा कार्यक्रम निर्माण र प्रसारण गरिन्दै आएको छ ।

    आप्रावासी रेडियो MWFM क्लिक गर्नुहोस – लिङक गर्न _

  • आप्रावासी फिल्म फेस्टीभल MWFF

    आप्रावासीहरु फिल्म मार्फत बोल्दछ.

    २००६ साल देखि प्रत्येक बर्ष अप्रावासी फिल्म फेस्टीभल MWFF (Migrant World Film Festival) प्रर्दशनी गर्दे आईरहेको छ । आप्रावासीहरुले स्वयंम आफनो जीवनीको फिल्म बनाएर फिल्म फेस्टीभल मार्फत कोरियन दर्शकहरुलाई देखाउने गर्दछ । फिल्म फेस्टीभल कोरियन तथा आप्रावासीहरु एकै स्थानमा सहभागी भई एकआपसीय जीवनको बारेमा कुराकानी गर्ने र बुझने मनोरन्जनात्मक बजार हो ।

    आप्रावासी फिल्म फेस्टीभल क्लिक गर्नुहोस – लिङक गर्न _

  • आप्रावासी मिडिया प्रशिक्षण MW Academy

    आप्रावासीहरुले स्वयंम आफनो जीवन र वास्ताविकतालाई बताउने र सोलाई सहयोग गर्ने मिडिया प्रशिक्षण दिने कार्यक्रम गर्दछ । हाल सम्म १३० जना आप्रावासी तथा कोरियन नागरिकले यस आप्रावासी बोर्डकास्टीङबाट प्रशिक्षण लिई सकेको छ । प्रशिक्षण लिएको मध्ये अन्दाजी १ सय जना रेडियो कार्यक्रम निर्माण, समाचार सम्प्रेषण तथा मासिक पत्रिका प्रकाशनमा सहभागी भई आप्रावासीहरुको आंखाले देखेको जीवन र वास्ताविकतालाई समेटिने गरिएको छ ।

    –भिडियो निर्माण सम्बन्धी प्रशिक्षण
    –रेडियो निर्माण सम्बन्धी प्रशिक्षण
    –पत्रकारिता सम्बन्धी प्रशिक्षण

    आप्रावासी मिडिया प्रशिक्षण MW Academy क्लिक गर्नुहोस – लिङक गर्न _


विस्तृत जानकारीको लागी :

ठेगाना

3rd Floor, Seongmun Building, 435, Dorim-ro, Yeongdeungpo-gu, Seoul, Republic of Korea (07290)
(Line 2, Mullae Station, Exit 7)

02-776-0416      mwtv@hanmail.net

메뉴, 검색 닫기